यसपालि रासायनिक मल अभाव नहुने कृषिमन्त्रीको दाबी

नेपालभ्युज

यसपालि रासायनिक मल अभाव नहुने कृषिमन्त्रीको दाबी

काठमाडौं । कृषिमन्त्री वेदुराम भुसालले यसपालि रासायनिक मलको अभाव नहुने दाबी गरेका छन् । अहिले दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात भएको बताउँदै उनले यसपालि अभाव नहुने दाबी गरेका हुन् ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै मन्त्री भुसालले सरकारले आयात गरेको मल गुणस्तरीय रहेको पनि बताए ।

संघीय सरकारले रासायनिक मल आयात गरेर वितरणको जिम्मा स्थानीय तहलाई दिएको उनले जानकारी दिए । स्थानीय तहले प्रभावकारी ढंगमा मल वितरण नगरेको उनको आरोप छ ।

सरकारले काभ्रे, पाल्पा, इलाम, कपिलवस्तु लगायतका जिल्लाहरुमा मल वितरणमा बदमासी गरेको पाइएको पनि बताए ।

उनले २५ हजार मेट्रिक टन मल नेपाल भित्रँदै गरेको र पुससम्मका लागि मल ल्याउने टेण्डर पनि भइसकेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved