एजेन्सी । कफी र दहीको पेस्टमा कैयौं त्यस्ता तत्त्वहरू पाइन्छन् जो छालाका लागि लाभदायक हुन्छन् । त्यसैले, दही र कफीको पेस्ट लगाउँदा तपाईंको छालालाई कैयौं फाइदाहरू हुन सक्छन् ।
– कफीमा पाइने एन्टिअक्सिडेन्टस गुणले अनुहारको रंगमा पनि निखार ल्याउँछ । त्यसैले यस पेस्टलाई लगाएर छालालाई चमकदार र जवान बनाउन सकिन्छ ।
– ल्याक्टिक एसिडले भरपूर दहीमा कफी मिलाएर लगाउँदा छाला कसिलो पनि हुन्छ । त्यसैले अनुहारको छालालाई कसिलो बनाउनका लागि यस्तो मिश्रण लगाउन सकिन्छ ।
– यो मिश्रणमा एन्टीएजिंग गुण पनि हुन्छ । जसले बढ्दै गरेको उमेरमा आउने चाउरीपना आदिलाई पनि कम गर्छ ।
– तपाईंको छालामा प्राकृतिक चमक बढाउनका लागि पनि तपाईं दही र कफीले बनेको पेस्ट लगाउन सक्नुहुन्छ । यो पेस्टले अनुहारको फोहोरलाई सफा गरेर छालालाई सफा र चम्किलो बनाउँछ ।
– त्यस्तै, अनुहारको सुख्खापनलाई कम गर्न पनि दही र कफीले बनेको मिश्रण लगाउन सकिन्छ । मोइस्चराइजिंग गुणले भरपूर दहीले तपाईंको छालालाई मुलायम बनाउँछ ।
– कफीमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट्स हुने भएकाले यसले अनुहारभएका काला दागहरूलाई पनि कम गर्छ । त्यसैले एक चम्चा कफीमा दही मिसाएर लगाउन सकिन्छ।
Facebook Comment
Comment