विषयगत समिति तथा मन्त्रालयमा अल्झिएका कानुनबारे प्रधानमन्त्रीको चासो

नेपालभ्युज

विषयगत समिति तथा मन्त्रालयमा अल्झिएका कानुनबारे प्रधानमन्त्रीको चासो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदका विषयगत समिति तथा मन्त्रालयहरुमा अल्झिएका कानुनहरुबारे चासो व्यक्त गरेका छन् ।

आइतबार मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुसँग भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले यसबारे चासो व्यक्त गरेका हुन् ।

उनले बैठकमा अघि बढेर पनि मन्त्रिपरिषदका विषयगत समिति तथा मन्त्रालयहरुमा अल्झिएका  बाँकी कानुनहरु यथाशीघ्र अगाडि बढाउन निर्देशन समेत दिए ।

बैठकमा प्रधानमन्त्री दाहालले लम्पी स्किन तथा डेंगीलगायतका संक्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रण गर्ने गरी सम्बन्धित निकायसँग समन्वय गर्न पनि निर्देशन दिएको प्रवक्ता नारायण भट्टले जानकारी दिए ।

सो अवसरमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सेवा प्रवाह, राष्ट्रिय गौरवका एवम् ठूला आयोजनाहरुको अनुगमन तथा निरीक्षणको कामलाई थप प्रभावकारी बनाउन समेत निर्देशन दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved