गएराति केही ठाउँमा भारी वर्षा, यस्तो रहनेछ आजको मौसम

नेपालभ्युज

गएराति केही ठाउँमा भारी वर्षा, यस्तो रहनेछ आजको मौसम
सांकेतिक तश्वीर

काठमाडौं । गएराति देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ ।

मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा झापाको केचनामा एक सय दुई मिलिमिटर पानी परेको छ ।  यस्तै, रौतहट, सर्लाही, कपिलवस्तु, कास्की, रुपन्देही र नवलपरासीका केही ठाउँमा पनि ठूलो पानी परेको छ ।

हाल देशभर आन्शिक देखि सामान्य बदली रही  गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज आइतबार दिउँसो  देशभर आन्शिक देखि सामान्य बदली  रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

राति देशभर आंशिक देखी सामान्य बदली  रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,  मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved