बच्चाको शारीरिक तथा मानसिक विकासका लागि खुवाउनुहोस् यी खाना

नेपालभ्युज

बच्चाको शारीरिक तथा मानसिक विकासका लागि खुवाउनुहोस् यी खाना

एजेन्सी । बच्चालाई शारीरिक तथा मानसिक विकासका लागि तपाईंले उनीहरुलाई पोषणले भरपूर चिजहरु खुवाउनुपर्छ । यहाँ आज बच्चाहरुलाई पोषण दिनका लागि के के खुवाउनु पर्छ भन्ने बारेमा बताउनेछौं ।

  •  बच्चाहरुको खानपानमा मौसमी हरियो तरकारीहरु समावेश गराउनु पर्छ । यसमा कैयौं आवश्यक पोषक तत्वहरु पाइन्छन्, जो बच्चाहरुलाई स्वस्थकर राख्नका लागि एकदमै जरुरी हुन्छन् ।
  • फलफूलहरु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । यसमा धेरै पोषक तत्वहरु पाइन्छन् । फलफूलमा भिटामिन बी, बायो फ्लेवेनाइड, मिनरल तथा फोलिक एसिड आदि गुणहरु हुन्छन् । बच्चाले दैनिक एउटा फल खान जरुरी हुन्छ ।
  •  बच्चालाई ओखर, किसमिस, पिस्ता, काजु, बदाम, मुंगफली आदि सुख्खा फलहरु पनि खुवाउनुपर्छ । यसमा पाइने भिटामिन एले उनीहरुको आँखालाई पनि एकदमै फाइदा गर्छ ।
  •  तपाईं बच्चालाई अण्डा पनि खुवाउन सक्नुहुन्छ । यसमा भरपूर मात्रामा फस्फोरस, सेलेनियम, प्रोटिन, भिटामिन के का साथै क्याल्सियम र जिंक पनि पाइन्छ ।
  •  तपाईंले बच्चालाई दुध, दही, छाछको सेवन पनि गर्न सक्नुहुन्छ । यसबाट उनीहरुले क्याल्सियम तथा प्रोटिन पनि पाउन सक्छन् ।
  • बच्चालाई प्रोटिनले भरपूर दाल पनि खुवाउन सकिन्छ । यसले उनीहरु फिट रहन्छन् जसले गर्दा उनीहरुलाई थकान तथा कमजोरी पनि हुँदैन । दैनिक थोरै मात्रामा दाल खुवाउन सकिन्छ ।
  •  प्रोटिन, फाइबर, मिनरल्स, फाइटोस्ट्रोजन्स, भिटामिन बी र ईले भरपूर सोयाबीन पनि बच्चाका लागि एकदमै फाइदाजनक हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved