सुन प्रकरण : चिनियाँ बस्ने लाजिम्पाटस्थित घरमा राजश्वको छापा

नेपालभ्युज

सुन प्रकरण : चिनियाँ बस्ने लाजिम्पाटस्थित घरमा राजश्वको छापा

काठमाडौं। लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागले खानतलासी गरेको छ।

राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन बरामद गरेपछि लगातार छापा मारिरहेको छ।

त्यसक्रममा आज बिहीबार पनि लाजिम्पाटबाट केही बाकसहरू विभागले बरामद गरेको छ। तर, त्यसमा सुन नभेटिएको विभागका एक अधिकारीले बताए। घरलाई अहिले विभागले सिल गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले केही महत्वपूर्ण कागजात र सामग्री बरामद हुनसक्ने आशंकामा खानतलासी गरेको हो।

त्यसमा संलग्न रहेको आरोपमा हालसम्म १७ जना पक्राउ परेका छन् । विभागले बुधबार बालुवाटार र सोह्रखुट्टेमा पनि छापा मारेको थियो। त्यहाँबाट ब्रेक शु बरामद गरिएपनि त्यसमा सुन नभेटिएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन्। हालसम्म १७ जना पक्राउ परेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved