सञ्चारमन्त्री शर्मा भन्छिन्- सरकार सुशासनका पक्षमा दृढ छ

नेपालभ्युज

सञ्चारमन्त्री शर्मा भन्छिन्- सरकार सुशासनका पक्षमा दृढ छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनका पक्षमा दृढताका साथ अगाडि बढिरहेको बताएकी छिन् ।

‘टेक–एक्स २०२३’ उद्घाटन गर्दै सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले भ्रष्टाचारविरुद्ध सरकारले अभियान नै सञ्चालन गरेको बताएकी हुन् । केही राम्रा काम गरेर आमजनता र युवामा सकारात्मक सन्देश दिने लक्ष्यका साथ सरकार अघि बढेको उनको भनाइ छ ।

नेपालमा पछिल्लो दशकमा सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा उल्लेख्य प्रगति भएको भन्दै मन्त्री शर्माले सरकारले यसको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्री शर्माले सरकारी सेवामा सूचना प्रविधिसम्बन्धी दक्ष जनशक्तिलाई आकर्षण गर्ने गरी सरकारले योजना बनाएको पनि बतइन् । साथै संघीय निजामती ऐनमा आइटी समूहलाई अलग बनाउने तयारी भइरहेको भन्दै उनले युवालाई सरकारी सेवामा प्रवेश गराएर देशप्रति प्रतिबद्ध बनाउने र स्वदेशैमै रोजगारीको अवसर सिर्जना गर्ने सरकारको लक्ष्य रहेको बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved