बालकृष्णको बचाउ गरेको कांग्रेसले निर्णयमा लेख्यो- भ्रष्टाचारविरोधी अभियानमा समर्थन

बैठकका निष्कर्ष र निर्णय सुनाउने क्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशिष्ट परिस्थितिमा बनेको विशिष्ट गठबन्धनको अवस्थामा गठबन्धन दलले भरोसा गर्ने बताए । 

नेपालभ्युज

बालकृष्णको बचाउ गरेको कांग्रेसले निर्णयमा लेख्यो- भ्रष्टाचारविरोधी अभियानमा समर्थन

काठमाडौं । नेपाली कांग्रेसको साउन २ गतेदेखि सुरु भएको केन्द्रीय कार्य समिति बैठक बुधबार सम्पन्न भएको छ ।

बैठकमा बोल्ने धेरैजसो केन्द्रीय सदस्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता  बालकृष्ण खाण पक्राउकोमा विरोध जनाए । कतिपयले त खाणलाई छुटाउन नसक्ने हो भने सरकारबाट फिर्ता हुनुपर्नेसम्मका धारणा राखे ।

तर बैठकको निर्णयमा भने कांग्रेसले सरकारको भ्रष्टाचारविरोधी अभियानलाई समर्थन गरेको छ ।

बैठकका निष्कर्ष र निर्णय सुनाउने क्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशिष्ट परिस्थितिमा बनेको विशिष्ट गठबन्धनको अवस्थामा गठबन्धन दलले भरोसा गर्ने बताए ।

उनले भने  “गठबन्धनमा आबद्ध सबै दलबाट संघीय सरकार निर्माणका बेला आएका परिणाम हाम्रा अगाडि अनायसै टरेर गए । गठबन्धनको अन्य दलमा अन्याेल सिर्जना भयो र प्रतिकूल अवस्थमा गठबन्धनमा आबद्ध दलले भरोसा गरे । विशिष्ट परिस्थितिमा बनेको विशिष्ट निर्वाचित स्थानीय सरकार, जनताको अधिकतम हितमा कार्य गर्नेछौं ।”

उनले आर्थिक अनियमितताबाट अलग रहन केन्द्रीय कार्य समितिमा आव्हान गरे ।

शर्माले भने, “आर्थिक अनियमितताबाट अलग रहन केन्द्रीय कार्य समिति आव्हान गरेबमोजिम सुशासन र भ्रष्टाचार सँगसँगै जान, सुशासन बेथिति निर्मूल नगरी यी विषयलाई आत्मसात् गरेर जानुपर्छ ।”

उनले  यसअघि कांग्रेसले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पहल गरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved