सुन तस्करी प्रकरण : ४ जनामाथि अनुसन्धान गर्न ९ दिन म्याद थप

नेपालभ्युज

सुन तस्करी प्रकरण :  ४ जनामाथि अनुसन्धान गर्न ९ दिन  म्याद थप
उच्च अदालत पाटन

काठमाडौं । उच्च अदालतल पाटनले  सुन तस्करी प्रकरणमा पक्राउ परेका थप ४ जनालाई ९ दिन थुनामा राखेर अनुसन्धन गर्न आदेश दिएको छ । अदालतले  राजस्व अनुसन्धन विभागलाई शुक्रबार म्याद थपको अनुमति दिएको हो ।

सुन तस्करी प्रकरणमा विभागले हालसम्म  १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । यसअघि अदालतले बिहीबार ६ जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको आदेश  दिएको थियो ।

शुक्रबार म्याद थप गरिएकामा चिनियाँ नागरिक जीक्वाङ लिन, ट्रान्स ग्लोबल सर्भिसका सञ्चालकद्वय कृष्णकुमार श्रेष्ठ ,पुष्कर भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved