साउथका यी रोमान्टिक फिल्म हेरेर जाग्नेछ प्रेम

नेपालभ्युज

साउथका यी रोमान्टिक फिल्म हेरेर जाग्नेछ प्रेम

एजेन्सी। बलिउड, हलिउड, कलिउडमा मात्र नभएर भारतको साउथमा पनि कैयौं त्यस्ता रोमान्टिक फिल्महरु छन् जसलाई तपाईंले एकदमै मन पराउनुहुनेछ ।

यस्ता शानदार फिल्महरुलाई एकपटक हेर्नुभयो भने तपाईंलाई पनि आनन्द हुनेछ । आउनुहोस् त्यस्ता फिल्मका बारेमा जानौं –

सिल्लु करुपपट्टी : यो फिल्ममा चार जना फरक फरक उमेर समूहका व्यक्तिहरुको पे्रम कथा देखाइएको छ । यो फिल्म एकदमै रोमान्टिक छ ।

कुम्बलंगी नाइट्स : यो फिल्म एक परिवारमा आधारित छ, जो एकअर्काका लागि उभिने गर्छन् । यसमा रोमान्स पनि छ जो प्रेमका माध्यमबाट एकअर्काको साथ दिन्छन् र दुनियाँमा आफ्नो स्थान बनाउँछन् ।

ओ कधल कनमणि : यो फिल्म दुई जवान युवायुवतीको बारेमा छ । जसले अचानक एउटा सम्बन्धलाई अगाडि बढाउने सोंच्छन् । उनीहरु सँगै रहन चाहन्छन् किनकी उनीहरुलाई लाग्छ यो एकदमै राम्रो तरिका हो ।

प्रेम : यो फिल्म एउटा युवाको जीवनमा आधारित छ । यसले आफ्नो प्रेम पाउने सपना स्कूलदेखि कलेजसम्म देखाइएको छ ।

गीता गोविंदम : यो फिल्म एउटा युवाको बारेमा छ जसलाई मन्दिरमा एउटी युवतीलाई देखेर प्रेम हुन्छ । यस फिल्ममा विजय देवकोंडा लेक्चरर र रश्मिका एउटी साधारण युवती हुन्छन् ।

निन्नु कोरी : यो दुई प्रेमिल जोडीको रोमान्टिक कमेडी ड्रामा फिल्म हो । जो एकअर्काको प्रेममा पागल हुन्छन् । फिल्ममा दुबैको विवाह एकआपसमा हुन पाउँदैन ।

वरुण अवश्यामुन्ड :  यो फिल्म धेरै मानिसहरुको जीवनमा आधारित छ, जो एउटा अपार्टमेन्टमा बस्छन् । यसमा निना एउटी एक्ली आमाकी छोरी हुन् जसले मागी विवाह नै गर्न चाहन्छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved