बलिउडका यी कलाकार छन् ‘विगन’

नेपालभ्युज

बलिउडका यी कलाकार छन् ‘विगन’

एजेन्सी । प्रायः बलिउड कलाकारहरुले जनावरप्रति आफ्नो प्रेमको बारेमा बताइरहेका हुन्छन् । कतिपय जनावरलाई मार्नु क्रुरता हो भनेर आवाज पनि उठाउने गरेका छन् ।

यस्तै विचारले वा आफूलाई फिट राख्नका लागि पनि कतिपय कलाकारहरु शाकाहारी छन् । तर कतिपय भने पूर्ण रुपमा आफूलाई विगन बन्न मन पराउँछन् ।

खासगरी ‘विगन’ भन्नाले माछा, मासु मात्र नभएर जनावरबाट आउने दुध, अण्डा आदि पनि नखानुलाई भनिन्छ । आज जानौं बलिउडका ‘विगन’ कलाकारहरुका बारेमा ।

– कंगना रनौत पनि यस लिस्टमा समावेश छन् । यस विषयमा कुरा गर्दा कंगनाले उनलाई डेरी प्रोडक्ट्सबाट पनि एसिडिटी हुन्छ, जसले गर्दा उनले ‘विगन’ हुन रोजेको बताएकी थिइन् ।

– सोनाक्षी सिन्हा जनावरहरुप्रति भइरहेको क्रुरताको विरुद्धको लडाई समावेश भइन् र ‘विगन बनेकी हुन् । रिपोर्टका अनुसार उनी विगन भएपछि उनको तौल पनि कम भएको थियो ।

– त्यस्तै फेसन डिवा सोनम कपूरले पनि केही वर्ष अघिदेखि विगन जीवनशैली अपनाउन थालेकी छन् । उनले पेटा नामक संस्थाबाट पर्सन अफ द इयरको अवार्ड पनि पाइसकेकी छन् ।

– ज्याकलिन फर्नाडिस पनि विगन हुन् । उनलाई पनि पेटा संस्थाले वुमेन अफ द इयरको अवार्ड दिइसकेको छ ।

– त्यस्तै अर्की अभिनेत्री ऋचा चड्डा पनि आफूलाई विगन बताउँछिन् । उनले डेरी प्रोडक्ट्सलाई बहिस्कार गर्दै आफूले प्लान्ट बेस्ट खानेकुराहरुको सेवन गर्न थालिन् ।

– श्रद्धा कपूरले पनि सन् २०१९ देखि मांसाहारी खान छोडिन् । यसको कारण उनको जनावरप्रतिको पे्रम नै थियो । उनले आफ्नो खानपानको तालिका समेत प्रसंशकहरुलाई बताइसकेकी छन् ।

– बलिउडका चकलेट ब्वाय शाहिद कपूर पनि विगन हुन् । उनले पनि स्वस्थ रहनका लागि विगन डाइटलाई रोजेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved