दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब माथिको कारोबार

नेपालभ्युज

दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब माथिको कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं। सेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन बढेको छ ।  बुधबार नेप्से ११.१७ अंकले बढेर २१६५.२५ को विन्दुमा पुगेको छ ।  बजारलाई लिड गर्ने बैंकिङ क्षेत्रमा नै लगानीकर्ताको आकर्षण कायम रहँदा लगातार चौथो दिन पनि नेप्से बढेको हो ।

बुधबार होटल तथा पर्यटन, हाइड्रोपावर, बिमा, लघुवित्त लगायतका अधिकांश उपसूचकमा गिरावट भए पनि बैंकिङ उपसूचकले नेप्से बढाएको हो । बैंकिङ उपसूचक २.३१ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक १.२२ प्रतिशत र उत्पादनमूलक उपसूचक १.१४ प्रतिशतले बढेको छ । यस्तै व्यापार उपसूचक ४.८३ प्रतिशतले वृद्धि भएको हो ।

सोमबार नेप्सेमा करिब ५० अंकको वृद्धि हुँदा पनि २ अर्ब ५६ करोडमा सीमित भएको कारोबार रकम मंगलबार साढे ३ अर्ब नाघेको थियो । तर, बुधबार नेप्सेमा ५१ हजार ४४५ वटा कारोबारमा ८६ लाख ७४ हजार १०० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ३४ करोड ८७ लाखको कारोबार भएको छ ।

बुधबार दिनभर नेप्सेमा कुल २१७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १३१ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ७३ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १३ कम्पनीको सेयरमूल्य स्थिर छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved