यी फिल्ममा लगाइएको थियो एकदमै महंगा पहिरन

नेपालभ्युज

यी फिल्ममा लगाइएको थियो एकदमै महंगा पहिरन

एजेन्सी । फिल्महरुमा पहिरन पनि एकदमै खास महत्व राख्ने गर्दछ । त्यसैले कपडाहरुमा पनि खास खर्च गरिएको हुन्छ । यहाँ हामी बलिउडका केही फिल्म जसमा एकदमै महंगा पहिरनहरु लगाइएको छ ।

बलिउड फिल्म कृष ३ मा अभिनेत्री कंगना रनौतले एक करोड रुपैंयाको पहिरन लगाएकी थिइन् । उनले लगाएको एक जोर लुगाको मूल्य कम्तीमा १० लाखको थियो । त्यस्तै शाहरुख खानको फिल्म रावणमा पनि उनले सुपरहिरो कस्ट्युम लगाएका थिए जसको मूल्य करीब साढे ४ करोड रुपैया थियो ।

फिल्म देवदासलाई त कसले बिर्सन सक्छ र । जसमा माधुरीले लगाएको पहिरनको एकदमै चर्चा भएको थियो । यस फिल्मको कस्ट्यूम अबु जानी सन्दीप खोसलाले डिजाइन गरेका थिए । जहाँ माधुरीले लगाएको एउटा पहिरनको मूल्य करीब १५ लाख भारतीय रुपैँया  थियो ।

रिपोर्टस्काअनुसार दीपिका पादुकोणले बाजीराव मस्तानी फिल्ममा ५० लाख रुपैयाँको पहिरन लगाएकी थिइन् । त्यस्तै फिल्म पद्यावतमा दीपिका पादुकोणले लगाएको पहिरनको मूल्य २० लाख भारतीय रुपैयाँको थियो ।

करीना कपुरको फिल्म कम्बख्त इश्क बक्सअफिसमा त त्यति राम्रो चल्न सकेन । तर यस फिल्ममा करीना कपुरले लगाइएको एउटा कपडाको मूल्य करीब ८ लाख रुपैयाँको थियो । जसलाई साजिद नाडियावालाले पेरिसबाट मगाएका थिए ।

त्यस्तै बलिउड फिल्म जोधा अक्बरमा पनि पहिरनहरु एकदमै भारीभरकम तथा महंगा प्रयोग गरिएको छ । जहाँ अभिनेता ऋतिक रोशनले लगाएको एउटा पहिरनको मूल्य १२ लाख रुपैयाँ रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved