नेपाल फर्कियो राष्ट्रिय महिला फुटबल टोली

नेपालभ्युज

नेपाल फर्कियो राष्ट्रिय महिला फुटबल टोली

काठमाडौं। नेपाली महिला फुटबल टोली बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर नेपाल फर्किएको छ । नेपाली टोली सोमबार नेपाल आइपुगेको हो। नेपाली महिला फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले साफको च्याम्पियन टोलीविरुद्ध आफ्नो टोलीले गरेको जुझारु प्रदर्शनले आगामी खेलमा नेपाली खेलाडीको आत्मबल बढाउने विश्वास व्यक्त गरे।

थापाले साफको च्याम्पियन टोलीविरुद्ध आफ्नो टोलीले गरेको जुझारु प्रदर्शनले आगामी खेलमा नेपाली खेलाडीको आत्मबल बढाउने विश्वास व्यक्त गरे।

उनले भने, ‘तुलनात्मक रूपमा नेपाली टोलीमा धेरै पक्ष सुधार आएको छ। फिटनेसमा भने टोलीको समस्या देखिएको छ। त्यसका लागि उनीहरूलाई जतिसक्दा धेरैभन्दा धेरै म्याच एक्सपोजर दिन आवश्यक रहेको छ।’

नेपाली महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बालेले एसियन गेम्समा बंगलादेशभन्दा कठिन प्रतिद्वन्दीहरू सामना गर्नुपर्ने भएकाले टोलीमा धेरै सुधार गर्नुपर्ने आश्यकता रहेको बताइन्। ‘माथिल्लो स्तरको टोलीविरुद्ध म्याच एक्सपोजर पाएमा एसियाडको तयारी राम्रो हुने विश्वास छ।’, सुब्बाले भनिन्।

नेपाली टोलीकी भरपर्दी स्ट्राइकर सावित्रा भण्डारीले पछिल्ला साफमा भएका गल्तीहरू कम गर्दा बंगलादेशविरुद्ध जित सम्भव भएको बताइन् । एसियन गेम्स खेल्न पाउनु नै आफूहरूका लागि ठूलो अवसर भए पनि त्यो प्रतिस्पर्धाले गर्दा नेपालको वास्तविक खेलस्तर प्रमाणित गरेको सावित्राले बताइन्।

सावित्राले पुरुष टिमको जस्तै युथ र सिनियर लेभलको लिग गरे महिला फुटबलको भविष्य राम्रो रहेको संकेत दिइन् । साथै, सिनियर टोलीको म्याच एक्सपोजर पनि उत्तिकै आवश्यक रहेको सावित्राले बताइन्।

१९औं एसियाडको तयारीस्वरूप नेपालले महिला फुटबलमा दक्षिण एसियाको बलियो टोली बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । सो भ्रमणमा नेपालले दोस्रो खेल टाइब्रेकरमार्फत ४–२ गोलअन्तरले जित्दै सिरिजको ट्रफी उचाल्यो । खेलमा वैकल्पिक गोलकिपरका रूपमा मैदान प्रवेश गरेकी अञ्जना रानामगरले दुई पेनाल्टी बचाएपछि नेपालले रोमाञ्चक जित निकालेको थियो ।

नेपालले पहिलो खेलमा १–१ गोलको बराबरीमा सकिएको थियो। नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फा का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले स्वागत गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved