शरणार्थी प्रकरणमा धरौटीमा छुटेका केशव तुलाधर ललिता निवास प्रकरणमा पक्राउ

नेपालभ्युज

शरणार्थी प्रकरणमा धरौटीमा छुटेका केशव तुलाधर ललिता निवास प्रकरणमा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी आरोपमा पक्राउ परेका केशव तुलाधर जिल्ला अदालत काठमाडौंबाट धरौटीमा रिहा भएलगत्तै ललिता निवास प्रकरणमा  पक्राउ परेका छन् ।

२७ असारमा  पक्राउ परेका उनलाई  आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो । प्रहरीका अनुसार तुलाधरले विभिन्न प्रलोभनमा पारी जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिलाई ठगी गरेका थिए ।

तुलाधारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अदालतबाटै नियन्त्रणमा लिएको हो । ललिता निवासको २ रोपनी सरकारी जग्गा उनको नाममा  रहेको देखिएको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved