ठगी गर्ने सहकारीलाई कारबाही हुन्छ: मन्त्री श्रेष्ठ

नेपालभ्युज

ठगी गर्ने सहकारीलाई कारबाही हुन्छ: मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले ठगी गर्ने सहकारी सञ्चालकलाई कानूनअनुसार कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले ठगी गर्ने सहकारीहरुको अनुगमन र जाँचबुझ गरी प्रचलित कानूनअनुसार कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

उनले सरकारले ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब परिचयपत्र वितरण कार्य सम्पन्न भएको पनि जानकारी दिइन् ।

१५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ जिल्लाहरुको तथ्याङक विश्लेषण गर्ने कार्य भइरहेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved