एक लाख रुपैयाँ घुससहित सडक डिभिजनका लेखा अधिकृत पोखरेल पक्राउ

नेपालभ्युज

एक लाख रुपैयाँ घुससहित सडक डिभिजनका लेखा अधिकृत पोखरेल पक्राउ

लहान । सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेल एक लाख घुस रकमसहित पक्राउ परेका छन् ।

बेलुका पाँच बजेतिर आएको अख्तियारको टोलीले लेखा अधिकृत पोखरेलको कोठामा रहेको ओछयानमुनिबाट घुस लिएको रकमसहित पक्राउ गरिएको हो । 

पोखरेलले एक जना ठेकेदारसँग पुरानो बिल भर्पाइ अनुसारको रकम निकासाको लागि एक लाख रकम घुस मागेका थिए । पक्राउ गरिएको लेखाअधिकृत पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पक्राउ गरी बर्दिवास लगिएको मुचुल्कामा हस्ताक्षर गर्न गएका लहान–७ का वडाध्यक्ष राम औतार शर्माले बताए ।

सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै शर्माले भने,‘‘रकम बरामद भएकै हो तर लेखा अधिकृत पोखरेल घुस लिएको पत्यार उनिसँग परिचित व्यक्तिहरुलाई नभइरहेकाले यसको सहि सत्य अनुसन्धान हुन आवश्यक छ ।’

आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले सो घटनको पुष्टि गर्दै पोखरेललाई नियत्रणमा लिइएको जानकारी दिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved