देउवाप्रति शशांकको असन्तुष्टि, गगनको टिप्पणी सहि

नेपालभ्युज

देउवाप्रति शशांकको असन्तुष्टि, गगनको टिप्पणी सहि

काठमाडौं ।  नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमवार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्  ।

उनले अधिवेशनबाट नै सभापति बनाएको भन्दै कार्यकाल पूरा नहुन्जेलसम्म कुर्नुको विकल्प नरहेको बताए । उनले पार्टी सभापतिले पार्टीका कामकारवाही चित्त बुझ्दो नभएको भन्दै टिप्पणी आइरहेको भन्दै केही हदसम्म टिप्पणी सही भएको बताए ।

‘हाम्रो अधिवेशनबाट शेरबहादुरजीलाई सभापति बनाएको हो, उहाँको कार्यकालमा सहयोग गर्नुपर्छ? विरोध मैले नै गर्न थालेँ भने के हुन्छ’ उनले भने, ‘उहाँले आफ्नो कार्यकाम धेरै राम्रो गर्नुभएन भनेर जुन टिकाटिप्पणी आइरहेका छन्, गगन थापा लगायतका व्यक्तिले बोल्नुभएको छ, त्यो केही हदसम्म सत्य हो ।’

फरक प्रसंगमा नेता कोईरालाले प्रधानमन्त्रीसँग बहुमत भएकाले अपदस्थ नहुने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved