सुदन किराती भन्छन्: प्रचण्डको नेतृत्वमा समाजवादी-यात्रा सुरु भइसक्यो

नेपालभ्युज

सुदन किराती भन्छन्: प्रचण्डको नेतृत्वमा समाजवादी-यात्रा सुरु भइसक्यो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेपालको मौलिक समाजवादी यात्रा सुरु भइसकेको दाबी गरेका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा समाजवादी यात्रा सुरु भएको दाबी गरेका हुन् ।

उनले नेपाली समाजको समाजवाद कस्तो हुने ? भन्नेकुराको थप अध्ययन गर्न पनि आवश्यक रहेको बताए । नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान आफैंले गर्नुपर्नेमा उनले जोड दिए ।

‘नेपाली समाजको प्राज्ञिक अध्ययन र अनुसन्धान हामीले गर्नैपर्छ । नेपाली समाजलाई समाजवादमा पुर्याउने काम हामीले गर्नैपर्छ । यो हाम्रो कार्यभार हो’, उनले भने, ‘त्यसको थालनी सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा भइसकेको छ ।’

भ्रष्टाचार अन्त्यको अभियानले नै समाजको बाटो तय गरेको उनको बुझाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved