गृहमन्त्री भन्छन: कानुन सबैलाई बराबर छ, अपराधी र ठगबाहेक अरु तर्सनु पर्दैन

नेपालभ्युज

गृहमन्त्री भन्छन: कानुन सबैलाई बराबर छ, अपराधी र ठगबाहेक अरु तर्सनु पर्दैन
फाइल तस्वीर

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन सबैलाई बराबर भएकाले निर्दोषहरु डराउनु नपर्ने बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले कीर्ते, ठग, भ्रष्टाचारी, संगठित अपराधीबाहेक कोही तर्सनु नपर्ने बताएका हुन्। उनले धनी–गरिब, सम्पन्न–विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने भन्दै त्यस्तो अपेक्षा नगर्न पनि आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘देश र जनताको हित विरूद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि कीर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष कोही तर्सनु पर्दैन। दोषी र अपराधीलाई भने  छुट हुनेछैन । अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन। त्यस्तो अपेक्षा नगरौं।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved