आज धेरै ठाउँमा ठूलो पानी पर्ने

नेपालभ्युज

आज धेरै ठाउँमा ठूलो पानी पर्ने

काठमाडौं । आज देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतमा धेरै सक्रिय भएको मनसुन नेपालमा पनि धेरैतिर फैलिएको छ । मनसुन फैलिएकै कारण हिजोअस्तिको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

आज विशेषगरी आज कोशी, मधेस, बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अबको तीन दिनसम्म नै देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved