भारतले भोलि धोलीगंगा बाँध खोल्दै, महाकालीमा बाढीको चेतावनी

नेपालभ्युज

भारतले भोलि धोलीगंगा बाँध खोल्दै, महाकालीमा बाढीको चेतावनी

काठमाडौं । भारतले भोलि मंगलबार धोलीगंगा बाँध खोल्ने भएको छ ।

उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध असारको २६ गते मङ्गलवार बिहान खोल्ने जानकारी भारतीय पक्षले नेपाली पक्षलाई गराएको छ ।

दार्चूलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिँह धामीका अनुसार भारतले भोलि बिहान ५ बजेदेखि राति ८ बजेसम्म धोलीगङ्गाको बाँध झण्डै १५ घण्टाका लागि खोल्ने भएको हो ।

धोलीगंगा बाँधका ढोका खोल्दा महाकाली नदीमा पानीको बहाव बढ्ने भएकाले जिल्ला प्रशासन कार्यालयले नदी आसपासका बासिन्दालाई सतर्क रहन भनेको छ ।

दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

माछा मार्ने वा अन्य कुनै पनि प्रयोजनको लागि नदी किनारमा नजान पनि प्रशासनले अनुरोध गरको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved