हवाई आक्रमणमा २२ जना मारिए

नेपालभ्युज

हवाई आक्रमणमा २२ जना मारिए

सुडानको ओमदुरमान शहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आवासीय क्षेत्रमा हमला हुँदा उक्त हताहती भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहान ओमदुरमानको पश्चिममा रहेको दार अल–सलाम अल–अम्रिया क्षेत्रमा भएको हवाई हमलामा २२ नागरिकको मृत्यु भएको छ भने धेरै मानिस घाइते भएका छन् ।

यस सम्बन्धमा सुडानी सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सले एक विज्ञप्ति निकालेर आक्रमणको निन्दा गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved