भोलिदेखि ३/४ दिन देशभर ठूलो पानी पर्ने अनुमान

नेपालभ्युज

भोलिदेखि ३/४ दिन देशभर ठूलो पानी पर्ने अनुमान

काठमाडौं । भोलिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिदेखि देशैभर ठूलो पानी पर्नेछ । पूर्वी र मध्य क्षेत्रमा अति भारी वर्षाको सम्भावना छ ।

केही दिन कुनै कुनै क्षेत्रमा मात्रै सक्रिय रहेको मनसुन भोलिदेखि भने देशैभर एकसाथ फैलन थालेको महाशाखाले जनाएको छ ।

आज पनि चार प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा र राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved