जेठी श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

नेपालभ्युज

 जेठी श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
सांकेतिक तस्वीर

इलाम। इलामको माइजोगमाई २ मा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् ।

बिहीबार राती माईजोगमाई– २ का ५७ बर्षीय पिताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती राधिका खतिवडा घिमिरेको भान्सा घरमा हत्या गरी घर बाहिरको रुखमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

खतिवडाका दुई श्रीमती थिए । कान्छी श्रीमती सीता खतिवडासँग बस्दै आएका पीताम्बरले राती जेठी श्रीमतीको घरमा गएर उक्त घटना घटाएको प्रारम्भिक जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । 

कान्छी श्रीमती सीता भने बिहीबार माइती गएको र जेठी श्रीमतीकी छोरी रचना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved