परीक्षा बोर्डको बैठक बस्दै, एसईईको नतिजा प्रकाशन गर्ने तयारी

नेपालभ्युज

परीक्षा बोर्डको बैठक बस्दै, एसईईको नतिजा प्रकाशन गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन गर्ने सम्भावना छ । सकभर आजै र आज नभएमा भोलिसम्ममा नतिजा प्रकाशन गरिसक्ने बोर्डको तयारी छ ।

एसईईको नतिजा प्रकाहनको लागि सबै तयारी सकिएको र केही सामान्य प्राविधिक विषय मात्रै बाँकी रहेको बोर्डका एक सदस्यले जानकारी दिएका छन् ।

२०७८ सालको पुस ७ गते जारी भएको लेटर ग्रेडिङ निर्देशिका अनुसार एसईईको नतिजा सार्वजनिक गर्ने तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved