सरकारले ‘ऋण लिएर घिऊ खाएजस्तो’ गरेर बजेट बनायो : सांसद देवकोटा

नेपालभ्युज

सरकारले ‘ऋण लिएर घिऊ खाएजस्तो’ गरेर बजेट बनायो : सांसद देवकोटा
फाइल फोटो

काठमाडौं। राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको टिप्पणी गरेका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा देवकोटाले आर्थिक सर्वेक्षणअनुसार मुलुकमा २१ खर्ब ऋण तिर्न बाँकी रहनु मुलुक ऋणको जालोमा फस्न लागेको संकेत भएको तर्क गरे ।

‘सबैभन्दा धेरै रकम अर्थ मन्त्रालयमा हो । यो आन्तरिक ऋण भुक्तानीमा १०५ प्रतिशतले वृद्धि भएको रहेछ । यो शीर्षकमा अघिल्लोपटक १३४ अर्बको बजेट रहेको थियो, अहिले चाँही २७५ अर्ब,’ देवकोटाले भने, ‘यसमा वैदेशिक ऋण मात्रै जोड्ने हो भने पनि यो फिगर अझ धेरै माथि जान्छ ।’

कुल जीडीपीको ४२ प्रतिशत मुलुकमा ऋणको भार देखिएको उल्लेख गर्दै देवकोटाले त्यो राम्रो संकेत नभएको बताए । सरकारले ‘ऋण लिएर घिऊ खाएजस्तो’ गरेर बजेट विनियोजन गरेको उनको आरोप छ ।

‘हामी बिस्तारै ऋणको जालोमा, ऋणको पासोमा पस्दैछौँ भन्ने त्यसले संकेत गरिदियो । त्यो बजेटको डाटाले पनि त्यही भन्छ,’ देवकोटाले भने, ‘आर्थिक सर्वेक्षणअनुसार हामीले तिर्नुपर्ने ऋण २१ खर्ब छ । हाम्रो ऋण कुल जीडीपीको ४२ प्रतिशत हुँदो रहेछ । ऋण लिएर घिऊ खाएजस्तो अवस्था छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved