मदनको जन्मजयन्तीमा ब्याडमिन्टन प्रतियोगिता, सांसदहरु भिड्ने

नेपालभ्युज

मदनको जन्मजयन्तीमा ब्याडमिन्टन प्रतियोगिता, सांसदहरु भिड्ने

काठमाडौं ।  नेपाल खेलकुद महासंघले मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता- २०८० आयोजना गर्ने भएको छ । महासंघले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा यही असार १९ र २० गते  प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

महासंघका सचिव तीर्थबहादुर खड्काले ब्याडमिन्टन प्रतियोगितामा संविधान सभा सदस्य, वर्तमान तथा पूर्व राष्ट्रिय सभा सदस्य, प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरु बीच प्रतिष्पर्धा हुने बताए । उनले दुई दिनसम्म चल्ने प्रतियोगिताका लागि सबै राजनीतिक दलहरुबाट ६० भन्दा बढी सांसदहरुले नाम दर्ता गराइसकेको बताए ।

महासंघका अध्यक्ष पर्शुराम बस्नेतले सबै राजनीतिक दलका सांसदहरुलाई एउटै खेल मैदानमा ब्याडमिन्टन प्रतियोगिता गराएर सकारात्मक सन्देश दिन खोजिएको बताए । उनले ब्याडमिन्टन प्रतियोगितामा संविधान सभा सदस्य, वर्तमान तथा पूर्वराष्ट्रिय सभा सदस्य,प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरु बीच प्रतिष्पर्धा हुने बताए । उनले ब्याडमिन्टन प्रतियोगिता असार १९ र २९ गते हुने बताए।

मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता- २०८० को उद्घाटन असार १९ गते महालक्ष्मीस्थान ललितपुरको रिभाइभ लिजर पार्कमा हुनेछ । खेल खेल्नको लागि खेलाडीहरुले असार १८ गते ३ बजेसम्म नाम दर्ता गराइसक्नुपर्ने आयोजकले बताएको छ । प्रतियोगितामा संविधान सभा सदस्य, वर्तमान तथा पूर्व राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यहरुले भाग लिन पाउनेछन् । प्रतियोगिताको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजकले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved