मिटरब्याजी प्रकरणमा नेतासँगै प्रहरी पनि मुछिएको एमालेको आरोप

नेपालभ्युज

मिटरब्याजी प्रकरणमा नेतासँगै प्रहरी पनि मुछिएको एमालेको आरोप

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठूला नेतासँगै प्रहरीका उच्च अधिकारीहरुको पनि संलग्नता रहेको बताएका छन् ।

आइतबार संसदमा बोल्दै सचेतक गिरीले मिटरब्याजीको संरक्षक राजनीतिक दलका ठूला नेतासँगै प्रहरी पनि भएको आरोप लगाएका हुन् ।

‘मिटरब्याजी प्रकरण धेरै गम्भीर विषय हो । यसमा राजनीतिक दलका ठूला नेतासँगै कर्मचारी पनि संलग्न छन्’, उनले भने, ‘यसको सत्यतथ्य छानबिन हुनुपर्छ ।’

मिटरब्याजको चलन सामन्तवादको अवशेष भएको भन्दै उनले यसलाई निर्मुल पार्नेपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved