आईसीसी एकदिवसीय विश्वकप छनोटः आज प्लेअफमा यूएईसँग खेल्दै नेपाल

नेपालभ्युज

आईसीसी एकदिवसीय विश्वकप छनोटः  आज प्लेअफमा यूएईसँग खेल्दै नेपाल

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुने खेल सुपर सिक्समा पुग्न नसकेका नेपाल र यूएईबीच सातौं स्थानको लागि हुन लागेको हो ।

नेपाल विश्वकप छनोटमा समूह ए को चौथो स्थानमा सीमित भयो भने यूएईले समूह बीमा खाता पनि खोल्न सकेन ।

नेपाल र युएईबीच अहिलेसम्म १४ वटा एकदिवसीय खेल भइसकेका छन् । अहिलेसम्म नेपाल ८ खेलमा र यूएई ६ खेलमा विजयी भएका छन् ।

आजै विश्वकप छनोटको सुपर सिक्समा श्रीलंका र जिम्बावेले प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल पनि दिउँसो पौने १ बजे नै सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved