अर्थतन्त्रको विकासमा समाजवादी व्यवस्था महत्त्वपूर्ण हुन्छ : अध्यक्ष नेपाल

नेपालभ्युज

अर्थतन्त्रको विकासमा समाजवादी व्यवस्था महत्त्वपूर्ण हुन्छ : अध्यक्ष नेपाल
फाइल तस्वीर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्याय, समानतासहितको आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न समाजवादी व्यवस्था महत्त्वपूर्ण हुने बताएका छन् ।

पार्टी निकट स्याङ्जा–काठमाडौँ सम्पर्क मञ्चको ऐतिहासिक १३ औँ सम्मेलनमा अध्यक्ष नेपालले जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी देश विकास तथा समृद्धि कायम गर्न सकिने बताए ।

राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउन समाजवादको विकल्प नरहेको उल्लेख गरे ।

पार्टी पोलिटब्यूरो सदस्य कमरेड दिलु पन्तले सुशासन कायम गर्न संस्थागत बेथिति र भ्रष्टाचारको अन्त्य गर्नुपर्नेमा जोड दिए । सम्मेलनले राजेन्द्र क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षद्वयमा बिनिता ढकाल र सागर पङ्गेनी, सचिवमा कृष्णकुमार विक (आँसु), सहसचिवमा विवेक भट्टराई र कोषाध्यक्षमा बुद्धिमान श्रेष्ठ छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved