अस्ट्रेलियाका तीनवटा विश्वविद्यालयहरू शीर्ष २० मा प्रवेश

नेपालभ्युज

अस्ट्रेलियाका तीनवटा विश्वविद्यालयहरू शीर्ष २० मा प्रवेश

सिड्नी। क्वाक्वेरेली साइमन्ड्स (क्यूएस) विश्व विश्वविद्यालयले र्याङ्किङमा बुधबार अस्ट्रेलियाका तीन विश्वविद्यालयले पहिलोपटक शीर्ष २० मा प्रवेश पाएका छन् ।
मेलबर्न विश्वविद्यालय १४औं स्थानमा परेको छ भने सिड्नी विश्वविद्यालय र न्यु साउथ वेल्स विश्वविद्यालय १९ औं स्थानमा छन्।

अस्ट्रेलिया विश्वविद्यालय की प्रमुख कार्यकारी क्याट्रिओना ज्याक्सनले-“आजका उत्कृष्ट नतिजाहरूले अस्ट्रेलियाका विश्वविद्यालयलाई विश्वव्यापी शैक्षिक प्रतिस्पर्धामा अगाडि उभ्याएको,” बताएका छन् ।

उनका अनुसार र्याङ्किङ प्रणालीले रोजगारीको नतिजा, दिगोपन र अन्तराष्ट्रिय अनुसन्धान सहकार्यलाई नयाँ सूचकका रूपमा प्रस्तुत गर्नेछ । -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved