युक्रेनी सहरको केन्द्रमा पुन रुसी आक्रमण, ४ जनाको ज्यान गयो, कयौँ घाइते 

नेपालभ्युज

युक्रेनी सहरको केन्द्रमा पुन रुसी आक्रमण, ४ जनाको ज्यान गयो, कयौँ घाइते 

एजेन्सी। रुसले युक्रेनमा पुन आक्रमण तिव्र बनाएको छ ।

रुसी क्षेप्यास्त्रले पूर्वी युक्रेनको क्रामाटोर्स्कको केन्द्रमा प्रहार गर्दा चार जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

युक्रेनी नियन्त्रणमा रहेको तर रुसले कब्जा गरेको भागको नजिक रहेको सहरमा भएको आक्रमणबाट एउटा रेस्टुरेन्ट र किनमेल क्षेत्र ध्वस्त भएको छ ।  मानिसहरु भग्नावशेषमुनि फसेको अनुमानमा उद्धार कार्य जारी छ । आक्रमणमा मारिनेहरूमा एक १७ वर्षकी किशोरी पनि रहेकि छिन् ।

‘विस्फोटको केन्द्रबिन्दुमा अपार्टमेन्ट भवनहरू पनि थिए’, अधिकारीहरूले भने।

सामाजिक सञ्जाल र घटनास्थलबाट आएका ड्रोन फुटेजले भवनहरू ध्वस्त भएको देखाएका छन् ।  आक्रमणको समयमा रेस्टुरेन्ट परिसरमा ८ सय जना कर्मचारी सदस्यहरू र ग्राहकहरू रहेको अनुमान गरिएको छ, त्यसैले हताहतको संख्या निकै धेरै हुन सक्ने डर छ।

अधिकारीहरूका अनुसार कम्तीमा ४० जना घाइते भएका छन्, जसमा आठ महिनाको बच्चा र तीन जना विदेशीहरू छन्।

रुसी सेनाले नजिकैको गाउँलाई पनि निशाना बनाएको क्रामाटोर्स्क नगर परिषदले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved