लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा दिपावली

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा दिपावली

काठमाडौं । आज जुन २६ । हरेक वर्ष जुन २६ मा विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस मनाइन्छ ।

नेपालमा पनि आज ‘लागु ओैषद दुरूपयोग विरूद्वको ऐक्यबद्धता व्यक्ति, समाज र राष्ट्रको प्रतिबद्धता’ नारासहित यो दिवस मनाइएको छ ।

यसैक्रममा सोमबार गोकर्णेश्वर नगरपालिका-१  वीपी चोकस्थित आश्रय समूहले पनि साँझ दिपावली गर्दै दिवस मनाएको छ । प्रतिनिधि सभा सदस्य सुनिता बराल र राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे सहितको उपस्थितिमा समूहले दिपावली गरेको हो। १० वर्ष अघि स्थापना भएको आश्रय समूहमा हाल १६० जना उपचारार्थ छन् ।

सरकारी तथ्यांक अनुसार हाल नेपालमा लागुऔषध सेवनकर्ता २० देखि २९ वर्ष उमेर समूहको संख्या बढी रहेको पाइन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved