भक्तपुरका किसान रोपाइँको चटारोमा

नेपालभ्युज

भक्तपुरका किसान रोपाइँको चटारोमा

काठमाडौं। असार सुरु भएसँगै काठमाडौं उपत्यकासहित देशभर किसानहरू रोपाइँमा व्यस्त हुन थालेका छन्। भक्तपुरको निकोसेरामा पनि यतिबेला किसानहरू धान रोप्न व्यस्त छन्।

उनीहरू जेठकाे अन्तिममै धान रोप्नका लागि पर्याप्त पानी परेकाले रोपाइँमा व्यस्त भएको बताउँछन्। सामान्यतया असार १५ बाट रोपाइँ सुरु हुने भए पनि असारको पहिलो सातादेखि नै किसानहरूलाई रोपाइँको चटारो छ।

विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस वर्ष भने जेठ अन्तिमबाट मनसुन नेपाल भित्रिएसँगै वर्षा हुँदा भक्तपुरका अधिकांश स्थानमा रोपाइँ भइसकेको किसानहरू बताउँछन्।

आवश्यक पानी नपर्दा विगतमा असार १५ कुर्ने गरेका किसानहरू यस वर्ष धान रोपाइँ छिटो भएपछि खुसी भएका छन्। खेतमा काम गर्ने रोपाहार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेको उनीहरूको भनाइ छ।

रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानहरू डराएका छन्। धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधि भित्र्याउन सके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउनसक्ने उनीहरूको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved