सरकारलाई अमरेश सिंहको प्रश्न: निजगढ विमानस्थल भैंसी चराउनका लागि बनाउने हो ?

नेपालभ्युज

सरकारलाई अमरेश सिंहको प्रश्न: निजगढ विमानस्थल भैंसी चराउनका लागि बनाउने हो ?

काठमाडौं । स्वतन्त्र संसद अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको बताएका छन् । उनले उक्त विमानस्थल अनावश्यक भएको जिकिर गर्दै सरकारलाई प्रश्न गरे, ‘के भैंसी चराउनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको हो ?’

बुधबारको संसदमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलका भाग लिँदै उनले यस्तो प्रश्न गरेका हुन् ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको तर्क थियो । उनले अहिले पनि निजगढ विमानस्थल बनाउने कुरा चलिरहेको तर विदेशीको ऋण लिएर त्यो काम गर्न आवश्यक नभएको बताए । भने, ‘के भैंसी चराउनका लागि सो विमानस्थल बनाउन लागिएको हो ?’

सांसद सिंहले हवाई उडानको सुरक्षामा विशेष ध्यान दिन पनि सरकारलाई सचेत गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved