ओखलढुङ्गामा पहिरो: चारजनाको मृत्यु, २५ घर बगे

सङ्घीय सांसद रामहरि खतिवडाले माथिबाट आएको पहिरोले चार जनाको निधन हुनुका साथै चौपाया र घर जग्गामा बढी क्षति पुर्‍याएको र स्थानीय स्तरमा उद्धारको प्रयास जारी रहेको बताए। 

नेपालभ्युज

ओखलढुङ्गामा पहिरो: चारजनाको मृत्यु, २५ घर बगे

ओखलढुङ्गा । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नम्बर ८ गुरुङ बस्तीमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने २५ वटा भन्दा बढी घर बगाएको छ ।

पहिरोमा परी मृत्यु हुनेमा एकै परिवारका चार जना रहेको प्रहरीले जनाएको छ । मृतक मध्ये ३८ वर्षीय बुवा रणबहादुर गुरुङ, २९ वर्षीया आमा शिवमाया गुरुङ र १८ महिनाको छोरी कविता गुरुङको शव निकालिएको छ भने १० वर्षीय छोरा दिनेश गुरुङको शव निकाल्ने प्रयास भई रहेको छ ।

बिहीबार राती ११ बजे गएको पहिरोमा परी २० भन्दा बढी चौपायासमेत बगाएको वडा नम्बर ८ का अध्यक्ष खड्गबहादुर राउतले जानकारी दिए।

सङ्घीय सांसद रामहरि खतिवडाले माथिबाट आएको पहिरोले चार जनाको निधन हुनुका साथै चौपाया र घर जग्गामा बढी क्षति पुर्‍याएको र स्थानीय स्तरमा उद्धारको प्रयास जारी रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved