घरमा श्रीमती हुँदाहुँदै अर्कीसँग विहे गर्ने बेहुला मण्डपबाटै पक्राउ

नेपालभ्युज

घरमा श्रीमती हुँदाहुँदै अर्कीसँग विहे गर्ने बेहुला मण्डपबाटै पक्राउ
सांकेतिक तस्वीर

झापा । घरमा श्रीमती हुँदा हुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गौरा दह प्रहरीले इटहरी–१९ सुनसरीका साजन चौधरीलाई  बिहीबार विवाह मण्डपबाटै पक्राउ गरेको हो । गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो ।

जेठी श्रीमतीको उजुरीको आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका बेहुला र उनका बाबुलाई नियन्त्रणमा लिएर हाल इलाका प्रहरी कार्यालय दमकमा राखिएको र यस घटनाको बारेमा थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता  प्रनाउ खगेन्द्रप्रसाद  रिजालले बताए ।

बेहुला पक्राउ गरे पनि उनका साथमा आएका जन्तीलाई भने केहिबेर स्थानीय इलाका प्रहरी कार्यालय गौरादहमा राखी छाडिएको प्रहरीले जनाएको छ ।

चौधरीले पहिले विवाह गरिसकेको र श्रीमतीसँग मनमुटाब भएपछि अलग्गै बस्दै आएको स्थानीयको भनाई छ । पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved