सरकारले फलफूल उत्पादन खरिद गर्ने क्षमता राख्दैनः कृषिमन्त्री भुसाल

नेपालभ्युज

सरकारले फलफूल उत्पादन खरिद गर्ने क्षमता राख्दैनः कृषिमन्त्री भुसाल
फाइल तस्वीर

काठमाडौं ।  कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले सरकारले फलफूल उत्पादन खरिद गर्ने क्षमता नराख्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिको बैठकमा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन्।

उनले सरकारले नेपालमा फलफूल उत्पादन खरिद गर्नुपर्ने कुरा उठेपनि सरकारले खरिद गर्न नसक्ने बताए। उनले सरकारले उत्पादन खरिद गर्ने भए व्यापार गर्नुपर्ने बताए। उनले सरकारले व्यापार नगर्ने भन्दै व्यापार गर्न सम्भव नरहेको पनि बताए। उनले सरकारले उत्पादित वस्तुको समर्थन मूल्य तोक्ने काम मात्रै गर्नसक्ने बताए ।

उनले सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले केही वस्तु बिक्रीवितरण गरिरहेको भन्दै क्षमता भन्दा बाहिर काम गर्न नसक्ने बताए । मन्त्री भुसालले सरकारले खारेज गरेको दुग्ध विकास बोर्ड र कपास विकास समितिका विषयमा छलफल भइरहेको बताए। उनले कृषि पशुपंक्षी विकास मन्त्रालयबाट खारेज हुनुपर्छ भन्ने प्रस्ताव नगरेको बताए।

उनले रासायनिक मल निजी क्षेत्रलाई गुणस्तरियताको ग्यारेण्टी र अनुदान दिने निश्चितता नभएसम्म निजी क्षेत्रलाई दिन नसकिने बताए। उनले उत्पादन वृद्धि गर्न किसानलाई अनुदान चाहिन्छ भन्ने र निजी क्षेत्रलाई मल आयात गर्न दिँदा किसानले अनुदान पाउन नसक्ने बताए।

उनले सरकारले रासायनिक मललाई अत्याश्वयक वस्तुको सेवामा राखेर आयात र वितरण गरिरहेको बताए। उनले मल वितरणमा स्थानीय सरकारलाई पनि जिम्मेवार बनाउन आवश्यक रहेको बताए।

‘नेपालमा फलफूल उत्पादन तथा उत्पादन खरिदका कुराहरु आइरहेका छन् । उत्पादन खरिद गर्ने कुरा मनोगत कुरा हो । अहिले हामी त्यो क्षमता राख्दैनौं । सरकारले उत्पादन खरिद गर्ने क्षमता राख्दैन । त्यो गर्दा सरकारले व्यापार गर्न थाल्नुपर्‍यो, उनले भने, ‘त्यसमा सरकारले व्यापार गर्ने की नगर्ने भन्ने हुन्छ । यो सम्भव छैन । सरकारले गर्ने भनेको समर्थन मूल्य तोक्ने कुरा हो । अहिले सरकारले खाद्य व्यापारले किन्ने गरेको छ । त्यो भन्दा अन्य अहिले सरकारको क्षमताले धान्दैन । क्षमता अनुसारको काम गर्नुपर्छ ।’

‘सरकारले खारेज गरेको दुग्ध विकास बोर्ड र कपास विकास समितिका विषयमा छलफलमा नै छौं । यो कृषि पशुपंक्षी विकास मन्त्रालयबाट खारेज हुनुपर्छ भनेर गएको विषय होइन । मन्त्रालयले प्रस्ताव  गरेका छैनौं’ उनले अगाडी भने, ‘अर्थ मन्त्रालयबाट ड्राफ्ट आएको छ । यो विषय मन्त्रालयसँग छलफल नगरी आयो राम्रो भएन भनेका छौं । रासायनिक मल निजी क्षेत्रलाई जिम्मा दिन गुणस्तरियताको ग्यारेण्टी र अनुदानको व्यवस्था हुनुपर्छ ।’

उनले कालिमाटी तरकारी बजारमा टमाटर किसान वा व्यापारी कसले फालेको हो भन्ने कुराको छानबिन गर्ने बताए। उनले टमाटार किसानले नभएर राजनीतिक प्रेरित भएर फ्याकिएको शंका रहेको बताए ।    उनले कृषि मन्त्रालयसँग अघिल्लो दिन एक खालको सहमति गर्ने भालिपल्ट उल्टो काम भएकाले शंका रहेको पनि बताए।

उनले कालिमाटीको फलफूल तथा तरकारी बजार व्यवस्थापन समिति बैठक बसेर बजार व्यवस्थित गर्न,टमाटरको मूल्यमा किसानबाट खरिद गर्ने मूल्य र उपभोक्ताले किन्ने मूल्यको बीचको अन्तर घटाउन र बजारमा किसानसँग खरिद गर्ने,थोक बिक्री गर्ने मूल्य र खुद्रा बिक्री मूल्य टाँस्न निर्देशन दिएको बताए । उनले यस्तो मूल्य राख्दा अन्य बाहिरको मूल्यलाई प्रभाव पर्ने बताएपनि भोलिपल्ट उल्टो सडकमा टमाटर फालिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved