त्रिवि स्ववियुले भन्यो- प्राध्यापकमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता नलिउ

नेपालभ्युज

त्रिवि स्ववियुले भन्यो- प्राध्यापकमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता नलिउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनले उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता नलिन सरकारलाई आग्रह गरेको छ ।

स्ववियु सचिव सिद्धान्त भट्टले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । सचिव भट्टले विज्ञप्तिमा मन्त्रिपरिषद्ले गरेको उक्त निर्णय फिर्ता लिई अदालतबाट हुने फैसला प्रभावित नगर्न त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका हुन्।

उनले मुद्दा फिर्ताको घटनाले गम्भीर किसिमको अपराधमा समेत सरकार संरक्षक बन्न खोजेको पुष्टि गरेको भन्दै यसले प्राज्ञिक मर्यादामाथि गम्भीर प्रश्न खडा गरेको समेत बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ,  ‘मन्त्रिपरिषदले गरेको उक्त निर्णय फिर्ता लिई सम्मानित अदालतबाट हुने फैसलालाई प्रभावित नगर्न कुलपतिसमक्ष अनुरोधसहित पीडितलाई न्यायका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विश्वविद्यालय क्याम्पस जोडदार माग गर्दछ ।’

२०७७ सालमा समाजशास्त्र विभागका उपप्राध्यायक प्रेम चलाउनेमाथि त्रिवि केन्द्रीय क्याम्पस परिसरमा नै भौतिक आक्रमण भएको थियो । सो आक्रमणमा संलग्नको आरोपमा नेपाल विद्यार्थी संघका तत्कालिन त्रिवि कमिटीका अध्यक्ष हरि आचार्य, महासचिव योगेन्द्र रावलविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यानसम्बन्धी मुद्दा विचाराधिन रहेको छ ।

उपप्राध्यापक चलाउने  न्यायको माग गर्दै त्रिवि परिसरमा अनसनरत छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved