धेरै नेपाली बसोवास गर्ने देशमा अवैतनिक राजदूतबाट छिटो राहदानी दिऔं : माधव नेपाल

नेपालभ्युज

धेरै नेपाली बसोवास गर्ने देशमा अवैतनिक राजदूतबाट छिटो राहदानी दिऔं : माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले धेरै नेपालीहरू भएको देशमा अवैतनिक राजदूतका माध्यमबाट राहदानी दिने पहल थाल्न सरकारसँग आग्रह गरेका छन् । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले धेरै नेपालीहरू बसोवास गर्ने देशका शहरहरूमा अवैतनिक राजदूतका माध्यमबाट समयमा नै राहदानी नवीकरण गर्नुपर्ने बताए । कतिपय देशका दूतावासमा कर्मचारीहरू कम हुँदा समयमा नै काम सम्पन्न गर्न कठिनाइ भएको गुनासो आइरहेकोप्रति सरकारको ध्यानाकर्षण उनले गराए ।

उनले समयमा नै राहदानी खरिद गर्नसके कम मूल्यपर्ने बताए । उनले सरकारले सीमित समयभित्र कति राहदानी आवश्यक पर्छ ? भन्ने कुरालाई ध्यानमा राखी समयमै खरिद गर्न सक्नुपर्ने बताए ।

भेरियसनको नाममा म्यानुपुलेसन बढी हुने भन्दै यसतर्फ सचेत रहनुपर्ने बताए । उनले समयमा नै राहदानी खरिद गर्न नसके राहदानीको मूल्य ठेकेदारहरूले बढाउँदै लैजाने गरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved