एसईईको नतिजा सार्वजनिक गर्न चाहने विद्युतीय वा अनलाइन संस्थाबाट आवेदन माग

नेपालभ्युज

एसईईको नतिजा सार्वजनिक गर्न चाहने विद्युतीय वा अनलाइन संस्थाबाट आवेदन माग

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले  माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्न चाहने संघ संस्थाबाट आवेदन माग गरेको छ । एसएमएस, आईभीआर वा वेबसाइटबाट नतिजा सार्वजनिक गर्न चाहने संस्थाहरूले असार १२ गतेभित्र आवेदन दिन आग्रह गरेको हो ।

आवेदन दिने संस्था वा कम्पनीले आफूले जानकारी दिन चाहेको सेवाको विवरण खोल्नुपर्नेछ । एसएमएसबाट सूचना दिनका लागि ४० हजार, वेबसाइटबाट नतिजा प्रकाशनका लागि २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि ६० हजार, एसएमएस, आइभीआर र वेबसाइट सेवाका लागि एक लाख रुपैयाँ राजश्व बुझाउनुपर्ने छ ।

बोर्डले परीक्षा प्रकाशित गरेपछि मात्रै नतिजासम्बन्धी विवरण उनीहरूलाई प्रदान गरिनेछ र सोही आधारमा प्रकाशन गर्नुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved