उपप्रधानमन्त्री श्रेष्ठसँग अस्ट्रेलिया र बंगलादेशी राजदुतको भेट

नेपालभ्युज

उपप्रधानमन्त्री श्रेष्ठसँग अस्ट्रेलिया र बंगलादेशी राजदुतको भेट

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अस्ट्रेलियाका राजदुत फेलिसिटी भोल्कबीच शिष्टाचार भेट भएको छ । बिहीवार गृह मन्त्रालयमा मन्त्री श्रेष्ठ र राजदुत भोल्कबीच शिष्टाचार भेटघाट भएको हो ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण रहेको र अस्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि विशेष धन्यवाद दिए । राजनीतिक परिवर्तनपछि आफूहरूको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित रहेको तर त्यसको लागि विदेशी लगानी आकर्षित गर्ने र बढ्दो व्यापार घाटाको नियन्त्रण गर्ने काममा अस्ट्रेलिया जस्तो देशबाट साथको अपेक्षा गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

राजदुत भोल्कले भने नेपालजस्तो आत्मीय देशको विकास साझेदार हुन पाउँदा आफूलाई खुशी लागेको बताए ।

त्यस्तै उपप्रधानमन्त्री श्रेष्ठसँग नेपालका लागि बंगलादेशका राजदुत सालाउद्दिन नोमन चौधरीबीच भेटवर्ता भएको छ । भेटमा नेपाल र बंगलादेशबीचको सधैँको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत प्रशारण लाइन सम्बन्धी सम्झौताले सहकार्य र विकासमा अर्को कोशेढुङ्गा सावित गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए । साथै दुईदेशबीच व्यापार सम्झौतामा समेत काम भइरहेको आफुले बुझेको बताए । राजदुत चौधरीले पनि द्विपक्षीय सौहार्दपूर्ण सम्बन्धमा विद्युत प्रशारण लाइन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved