एसिया कप श्रीलंका र पाकिस्तानमा हुने पक्का

नेपालभ्युज

एसिया कप श्रीलंका र पाकिस्तानमा हुने पक्का
फाइल तश्वीर

काठमाडौं। एकदिवसीय एसिया कप २०२३ क्रिकेट प्रतियोगिता श्रीलंका र पाकिस्तानमा हुने पक्का भएको छ ।

एसियन क्रिकेट काउन्सिल एसीसीले बिहीबार अगष्ट ३१ देखि १७ सेप्टेम्बर सम्ममा हुने एसिया कपको आयोजना पाकिस्तान र श्रीलंकाले गर्ने जनाएको हो।

नेपालको पनि सहभागीता रहने यस प्रतियोगिताको लागि हाइब्रिड मोडल तय भएको हो। प्रतियोगिताको ४ खेल पाकिस्तान र ९ खेल श्रीलंकामा आयोजना हुने एसीसीले जनाएको छ। भारत पाकस्तिान जान नमानेपछि एसीसीले ९ खेल श्रीलंकामा आयोजना गर्ने तय भएको हो। भारत र पाकिस्तान बीचको राजनीतिक समस्याको कारण एसिया कप नै अन्यौलमा थियो।

नेपालले पाकिस्तानविरुद्धको खेल पाकिस्तानमा खेल्नेछ। नेपाल भारत र पाकिस्तानसँगै समूह ‘ए’ मा रहेको छ। समूह बीमा भने बङ्गलादेश, अफगानिस्तान र श्रीलंका रहेका छन्।

नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान पक्का गरेको थियो। नेपालले भारत र पाकिस्तानसँग पहिलो पटक खेल्न लागेको हो।

प्रतियोगिताको आयोजकको रुपमा रहेको पाकिस्तानमा केवल ४ खेल आयोजान हुनेछ। हरेक समूहका शीर्ष २ टोलीले सुपर फोरमा स्थान पक्का गर्नेछन्।

सुपर फोरपश्चात शीर्ष २ मा पर्ने टोलीले फाइनलमा स्थान पक्का गर्नेछ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved