बरु सरकार छाडिन्छ, भ्रष्टाचारीलाई छाडिन्न : प्रधानमन्त्री प्रचण्ड

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले खुट्टा कमाउछ कि भन्ने पत्रकारको जिज्ञासामा प्रचण्ड अब यो प्रकरणमा दोषी कसैलाई पनि नछाडिने पुष्टि भएको बताउँदै शंका नगर्न आग्रह गरे ।

नेपालभ्युज

बरु सरकार छाडिन्छ, भ्रष्टाचारीलाई छाडिन्न : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  बरु सरकार छाड्ने तर भ्रष्टाचारीलाई कुनै हालतमा नजोगाउने प्रतिवद्धता जनाएका छन् ।

प्रेस सेन्टर नेपालका पदाधिकारीसहितको टोलीले बुधवार बिहान बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अहिले ठूला भ्रष्टाचारका फाइल खोल्ने क्रममा राजनीतिक दबाब आएको स्वीकार गर्दै सरकार ढल्ने चिन्ता छाडेर भ्रष्टाचारविरुद्धको अभियानमा लागेको बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले खुट्टा कमाउछ कि भन्ने पत्रकारको जिज्ञासामा प्रचण्ड अब यो प्रकरणमा दोषी कसैलाई पनि नछाडिने पुष्टि भएको बताउँदै शंका नगर्न आग्रह गरे ।

‘सरकार टिकाइ राख्नका लागि भ्रष्ट्राचारीलाई उन्मुक्ति दिने हो कि भन्ने भ्रम सृजना भइरहेको छ । हामी सत्ता स्वार्थकै लागि उन्मुक्ति दिने पक्षमा छैनौ । बरु सरकार छोड्न परे पनि परोस् । भ्रष्ट्राचार र सुशासन विरुद्धका हाम्रो अभियान जारी रहन्छ । यसमा कसैले शंका नगरे हुन्छ ।’ प्रचण्डले भने ।

सरकारका राम्रा कामबाट एमाले अत्तालिएको र सदनदेखि सडकसम्म उच्छृङ्खल गतिविधि गरिरहेको प्रधानमन्त्री प्रचण्डले आरोप लगाए । भ्रष्टाचार नियन्त्रणको सरकारी अभियानलाइ साथ नदिनेहरु आफै जनताबाट बढारिने

‘प्रमुख प्रतिपक्ष दल लगायतका नयाँ भनिएका दलले सरकारले राम्रो काम गर्‍यो भनेर हाम्रा विरुद्ध सदनदेखि सडकसम्म अवरुद्ध सृजना गरिरहेका छन् । तर, उनीहरू सदनदेखि सडकसम्म नांगिदै गएका छन् ।’ उनले भने ।

 

 

 

 

 


Comment

One thought on “बरु सरकार छाडिन्छ, भ्रष्टाचारीलाई छाडिन्न : प्रधानमन्त्री प्रचण्ड

  1. प्रचण्डको ” महानता ” भन्नू नै जस्तो मान्छे भेट्यो त्यस्तै ठोकिदिने हो। त्यसपछि पुरै यु टर्न। बारम्बार प्रमाणित उल्टो ब्यवहार ।तर सबैलाई सँधै ढाँट्न सकिन्न।
    हेरौँ यसपटक।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved