श्रमदानको सफलता

४२ किमी टाढाको ‘कोकाहा खोला’बाट पानी आएपछि धरानमा खुसी, नुहाउन आउन मेयर साम्पाङको निम्तो

पानी ल्याएपछि खुसीले रोए मेयर साम्पाङ

खानेपानीको चरम अभाव भोगिरहेको धरानमा पानी ल्याउन मेयर हर्कले श्रमदान अभियानलाई निरन्तरता दिए। ‘अरू खोला नजिक भएकाले पानी आयो, त्यति टाढाबाट कसरी पानी ल्याउन सकिएला र ?’ भन्दै कतिपयले सुरुमा धेरै पत्याएनन्। अन्ततः स्थानीय र मेयरको पहलमा श्रमदान शुरु भएको ९८ औँ दिनमा सोमबार कोकाहाको पानी धरान झर्यो।

नेपालभ्युज

४२ किमी टाढाको ‘कोकाहा खोला’बाट पानी आएपछि धरानमा खुसी, नुहाउन आउन मेयर साम्पाङको निम्तो

काठमाडौं। एक वर्षअघि धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङ निर्वाचित भएलगतै खानेपानी समस्या समाधान गर्ने योजना ल्याए। पकुवा, सर्दु, सेउती र भालु खोलामा आफैँ खटिए, स्थानीयलाई पनि सँगैसँगै लागे।

लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका धरानवासीको प्यास मेटाउने उनको पहिलो बाचा थियो। सो बाचा पुरा गर्न साम्पाङ श्रमदान अभियानमा लागे। उनी गिट्टी कुट्न खोलाको बगरमा पुग्दा धरानवासीले होस्टेमा हैँसे गरे। अरू जिल्लाबाट समेत मानिसहरू आएर साथ दिए।

खानेपानीको पाइप बिछ्याउन, पाइप बिछ्याउने बाटो बनाउन, खोलामा बाँध लगाउन गिट्टी कुट्न उनले सामाजिक सञ्जालमार्फत श्रमदानका लागि आव्हान गरे। साम्पाङको आव्हानमा स्थानीयले भीरको बाटोमा पाइप बिछ्याउन र तान्नको लागि साथ पनि दिए। अन्ततः धराने मेयर साम्पाङ र धरानवासीहरू आफ्नो सुक्खा नगरमा पानी झार्न सफल भए। तिर्खाएका धरानवासीले पानी पिउन पाए।

त्यतिले मात्रै नगरभर पानी पुग्दैन थियो। धरान २० मा पानी पुगेन। त्यहाँका जनताको प्यास मेटाउन फेरि साम्पाङ लागे अर्को खोला खोज्न। नजिकै खोला थिएन। धेरै पर कोकाहा खोला’मा पुगे। करिब ४२ किलोमिटर दुरी पर्छ कोकाहा खोला।

खानेपानीको चरम अभाव भोगिरहेको धरानमा कोकाहाबाट पानी ल्याउन मेयर साम्पाङले श्रमदान अभियानलाई निरन्तरता दिए। ‘अरू खोला नजिक भएकाले पानी आयो, त्यति टाढाबाट कसरी पानी ल्याउन सकिएला र ?’ भन्दै कतिपयले सुरुमा धेरै पत्याएनन्।

अन्ततः स्थानीय र मेयरको पहलमा श्रमदान शुरु भएको ९८ औँ दिनमा सोमबार कोकाहाको पानी धरान झर्यो। कठिन पहाडी भूभाग कटेर मानव बस्तीसम्म पानी आइपुगेपछि मेयर साम्पाङले सबैलाई नुहाउन आउन समेत आग्रह गरेका छन्।

कोकाहाको पानी धरान २० स्थित पकुवा खोलामा खसालेर वास आउट गरिएको हो। अहिले धरान २० मा पनि झरेको छ। राजनीतिक दल, दलका नेताहरू एवं मेयर साम्पाङका आलोचकहरूले निरन्तर उनलाई आलोचना गरिरहे पनि श्रमदान अभियानबाट धेरै टाढाको पानी ल्याउन सफल भए मेयर हर्क।

कोकहादेखि धरान जाने बाटो

त्यहाँबाट करिब ७ किलोमिटर दुरीमा मात्र सुम्निमा र स्वास्तिका ट्याङ्की छ। पाइपलाइन विस्तार भइसकेकोले वास आउट गरिसकेपछि पानी ट्यांकमा पुर्‍याइने जनाइएको छ।

यो योजनाको लागि देश विदेशबाट ४ करोड बढी आर्थिक सहयोग जुटेको थियो। पाइप, खाद्यान्नलगायत सहयोग आएको थियो। प्रत्येक शनिबार ५ हजारभन्दा बढी धरान र धरानबाहिरबाट मानिसहरू श्रमदानमा आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved