नेपाली क्रिकेट टोली लाग्यो जिम्बाब्वेतर्फ

नेपालभ्युज

नेपाली क्रिकेट टोली लाग्यो जिम्बाब्वेतर्फ

काठमाडौं। नेपाली क्रिकेट टोली दक्षिण अफ्रिकाको अभ्यास खेलको समापनसँगै जिम्बाब्वेतर्फ गएको छ। दक्षिण अफ्रिकामा २ अभ्यास खेलको समापनसँगै नेपाली टोली जिम्बाब्वेतिर गएको हो।

स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगको अभ्यास खेलमा नेपाल पराजित भएको थियो। जिम्बाब्वेमा नेपालले अर्को २ अभ्यास खेल खेल्नेछ। आईसीसीले प्रदान गरेको पहिलो वार्मअप खेलमा नेपाल र यूएई जेठ ३० गते प्रतिस्पर्धा गर्नेछन्। अर्को खेलमा नेपाल र ओमान जेठ ३२ गते आमने-सामने हुनेछन्।

आईसीसी विश्वकप छनोटमा नेपाल वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्यान्ड्स, र अमेरिकासँगै समूह ‘ए’ मा रहेको छ। नेपालले असार ३ मा आफ्नो पहिलो खेल जिम्बाब्वेसँग खेल्ने छ। असार ५ मा अमेरिका र असार ७ मा नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ। असार ९ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।

समूह ‘बी’मा भने आयरल्यान्ड, स्कटल्यान्ड, ओमान, यूएई र श्रीलंका रहेका छन्। दुवै समूहको शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछ। सुपर सिक्सको शीर्ष २ टोलीले भारतमा आयोजना हुने आईसीसी विश्वकप एकदिवसीय छनोटमा स्थान पक्का गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved