कृषिमन्त्री भुसालको दाबीः मल खरिद गरिसकेका छौं, अभाव हुँदैन

नेपालभ्युज

कृषिमन्त्री भुसालको दाबीः मल खरिद गरिसकेका छौं, अभाव हुँदैन
फाइल तस्वीर

काठमाडौं । कृषि, विज्ञान तथा प्रविधिमन्त्री डा. वेदुराम भुसालले चालु वर्षका लागि आवश्यक मलखाद खरिद गरिसकेको बताएका छन् ।

शनिबार भक्तपुरमा आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले यस वर्षका लागि आवश्यक मल खरिद गरिसकेको दाबी गरेका हुन् । मन्त्री भुसालले केही मल आइसकेको र केही भने आउन बाँकी रहेको बताए ।

उनले मलका लागि ठूलो संकट नहुने पनि दाबी गरे । उनले कृषि क्षेत्रको विकासका लागि मन्त्रालयले काम गरिरहेको र मलमा बजेटको सुनिश्चितता गरिएको बताए ।

मन्त्री भुसालले आफ्नो पार्टी दुई वटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको तर निर्णायक भने नभएकाले आफ्नो हिसाबले काम गर्न नसकेको बताए । उनले मन्त्रालयले बाँझो रहेको जमिनलाई उपयोग गर्नका लागि बाँझो जमिन उपयोग गर्ने नीति र बजेट छुट्याउने काम भएको जानकारी दिए ।

उनले कृषिको बजारीकरण, औद्योगिकरणको समस्या समाधानका लागि पहल पहल गरिएको पनि बताए । उनले बाँझो जमिनको उपयोग बढाउने नीति लिएर आफूले काम गरिरहेको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved