हेटौंडामा वृद्ध दम्पती झुण्डिएको अवस्थामा मृत फेला

नेपालभ्युज

हेटौंडामा वृद्ध दम्पती झुण्डिएको अवस्थामा मृत फेला
सांकेतिक तस्वीर

मकवानपुर। मकवानपुरको हेटौंडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौंडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीनतले पक्की घरको पूजा कोठामा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved