पोखरा दुर्घटनालाई प्रमुख कारण बनाउँदै ईयूको कालो सूचिबाट हटेन नेपाल

नेपालभ्युज

पोखरा दुर्घटनालाई प्रमुख कारण बनाउँदै ईयूको कालो सूचिबाट हटेन नेपाल

काठमाडौं । युरोपेली यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची)’मा नेपाललाई पुनः समेटिएको छ । युनियनको सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालो सूचीमा राखेको हो ।

उक्त काउन्सिलको बैठक मे र नोभेम्बर गरी वर्षमा दुईपटक बस्छ । मेमा बसेको बैठकले नेपाललाई पुनः कालो सूचिमा दोहोर्‍याएको हो ।

काउन्सिलको पछिल्लो निर्णयसँगै नेपाल अब कम्तिमा पनि ६ महिना कालोसूचिमै रहनेछ । यसका लागि १ माघ २०७९ मा पोखरामा भएको विमान दुर्घटनालाई प्रमुख कारण बनाइएको प्राधिकरण स्रोतले जनाएको छ । उक्त दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो ।

सन् २०१३ देखि लगातार ईयूको कालोसूचिमा रहेका नेपालका वायुसेवा कम्पनीहरूले नेपाल र यूरोपमा सिधा उडान गर्न पाएका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved